Skip to content
  • नियात्रा
  • गन्तब्य
  • विमर्श
  • कृति
  • समाचार
  • हाम्राे बारेमा

नियात्रा

Niyatra.com

  • नियात्रा
  • गन्तब्य
    • काेशी प्रदेश
    • मधेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विमर्श
  • कृति
  • समाचार
  • हाम्राे बारेमा
  • Toggle search form

सगरमाथा आधार शिविर

Posted on February 28, 2022March 22, 2022 By बसन्त महर्जन No Comments on सगरमाथा आधार शिविर

संसारको सबैभन्दा अग्लो चुचुरो सगरमाथाको उचाइ हालै गरिएकाे मापनअनुसार समुन्द्र सतहबाट ८,८४८.८६ मिटर रहेकाे छ । यस अघि यसकाे मापन ८,८४८ मात्रै थियाे । यही चुचुराेकाे फेदी अर्थात अाधार शिविरसम्म मात्रै गएर पनि पर्यटनकाे अभूतपूर्व अनुभव गर्ने पयर्टकहरू पाइन्छन् तसर्थ सगरमाथा अाधार शिविर पनि एक अाकर्षक पर्यटकीय गन्तव्य हाे । यो सोलुखुम्बु जिल्लाको खुम्बु पासाङल्हामु गाउँपालिकामा पर्छ ।

सगरमाथालाइ तिब्बती भाषामा चोमोलुङ्मा भनिन्छ । सन् १८६५ मा ब्रिटिस सर्भेयर कर्णेल सर जर्ज एभरेस्टकाे सम्मानमा याे हिमचुचुराेकाे नाम माउन्ट एभरेष्ट राखिए पनि यसमा नेपालतर्फ खासै चासाे बढेकाे थिएन । तर सगरमाथाकाे पहिलाे सफल अाराेहणपछि सन् १९५६ (विसं. २०१२) मा इतिहास शिरोमणि बाबुराम आचार्यले यसको नाम सगरमाथा राखेका हुन् । नामका सम्बन्धमा विवाद कायम छ ।

सगरमाथा हिमशिखरमा सर्वप्रथम सन् १९५३ मे २९ मा नेपालका तेन्जिङनोर्गे शेर्पा र न्युजिल्यान्डका सर एडमन्ड हिलारीले पाइला राखेका थिए ।

सगरमाथालाई नजिकबाट हेर्न आउनेहरू सगरमाथा बेस क्याम्पसम्म पुग्ने गर्दछन् । काठमाडैाबाट जिरी हुदै २२–२३ दिनको यात्रामा सगरमाथाको आधार शिविर पुगेर आउने पुरानाे बाटाेकाे ठाउँमा अब अन्य बाटाेहरू पनि खुलेका छन् । सोलुखुम्बुको सदरमुकाम सल्लेरी हुँदै १४–१५ दिनमा सगरमाथाको आधार शिविर पुगेर आउन सकिन्छ । त्यसैगरी, लुक्लासम्मको हवाई यात्रा पछि १०–११ दिनमा पनि सगरमाथाको आधार शिविर पुग्न सकिन्छ । लुक्ला, नाम्चेबजार, त्याङबोचे, गोरकसेप, लोबुचे यहाँका प्रमुख आकर्षण हुन् ।

Share this…
Share on Facebook
Facebook
Tweet about this on Twitter
Twitter
Share on LinkedIn
Linkedin
Email this to someone
email
प्रदेश १

Post navigation

Previous Post: लाङटाङ
Next Post: नगरकोटमा सूर्याेदय र सूर्यास्त

Related Posts

आधुनिक हुँदै नाम्चेबजार प्रदेश १

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • झाेरकाे झरना र झरी
  • गुफा डाँडामा उक्लिंदा
  • झरी, कविता र धरान-भेडेटार 
  • सुन्दरीजलभन्दा माथि माथि
  • जामाचो मेला, २०७९

(नियात्रा.कममा नियात्रा तथा कुनै ठाउँकाे परिचय वा पर्यटनसम्बन्धी लेखहरू niyatramail@gmail.com मा पठाउन सक्नुहुन्छ ।)

Copyright © 2023 नियात्रा.

Powered by PressBook Grid Blogs theme