
प्राकृतिक साैन्दर्यकाे दृष्यावलाेकन गरेर मज्जा लिन चाहने प्रकृतिका पारखीहरूकाे एउटा बेग्लै गन्तव्य हाे- लाङताङ । भलै यहाँ अत्याधुनिक भाैतिक सम्साधनहरूकाे अभाव हाेला तर प्राकृतिक साैन्दर्य र वानस्पतिक सम्पदा यहाँ प्रचुर मात्रामा पाइन्छन् । यही भएर दुःखकष्ट गर्दै पर्यटकहरू यसलाइ गन्तव्य बनाएर यात्रा गर्दछन् । लाङटाङ नेपालकै पर्यटकीय क्षेत्रको तेस्रो गन्तव्य मानिन्छ ।
यस क्षेत्रकाे प्रमुख अाकर्षणमा लाङटाङ उपत्यका, लाङटाङ हिमाल, लाङटाङ राष्ट्रिय निकुञ्जका साथै गोसाइँकुण्ड, सूर्यकुण्ड, भैरवकुण्ड, पार्वतीकुण्ड अादि हुन् । यी कुण्डहरू स्थानिय बाैद्ध तथा बाेन धर्मावल्बीहरूका लागि अास्थाकाे केन्द्र पनि हुन् । यसरी नै हिन्दूहरू पनि यहाँ तीर्थाटन गर्दछन् । यसरी नै हिमाली क्षेत्रको जैविक विविधता, विभिन्न किसिमका जडीबुटी, वन्यजन्तु र चराचुरुंगीलगायतले थप अाकर्षक बनेका छन् ।
सदावहार हिमशृंखला लाङटाङ लिरुङ हिमाल समुद्री सतहबाट ७ हजार २ सय ४६ मिटरको उचाइमा अवस्थित छ ।
लाङटाङको क्यान्जिङ उपत्यका अति रमणीय स्थल मानिन्छ । यहाँ आउने स्वदेशी तथा विदेशी पर्यटक मुख्यतया क्यान्जिन उपत्यकामा नै बस्ने र हिमशृंखला हेरेर अानन्दित हुन्छन् । लाङटाङ पुग्नका लागि राजधानीबाट स्याफ्रुसम्मको सवारी यात्रापछि पैदलयात्रा अनिवार्य रहेको छ । त्यसको लागि ७ देखि १० दिन सम्म लाग्ने गर्दछ ।
२०७२ सालकाे भूकम्पले लाङताङकाे पर्यटकीय ठाउँलाइ नराम्राेसँग असर गरेकाे थियाे । हिउँ पहिराे नै अाएर पर्यटकहरू बस्ने ठाउँलाइ बिगार गरिदिएकाे थियाे । तर अहिले लाङताङकाे पर्यटन उद्याेग पुनः बाैरिएकाे छ ।