Skip to content
  • नियात्रा
  • गन्तब्य
  • विमर्श
  • कृति
  • समाचार
  • हाम्राे बारेमा

नियात्रा

Niyatra.com

  • नियात्रा
  • गन्तब्य
    • काेशी प्रदेश
    • मधेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विमर्श
  • कृति
  • समाचार
  • हाम्राे बारेमा
  • Toggle search form

मुस्ताङ्

Posted on February 28, 2022July 8, 2023 By बसन्त महर्जन No Comments on मुस्ताङ्

तिब्बती संस्कृतिबाट प्रभावित यस क्षेत्रको उत्तरी भेग, पर्यटक र अनुसन्धानकर्ताका लागि अति नै महत्वपूर्ण आकर्षणको केन्द्रका रूपमा रहेको छ ।

बसन्त महर्जन

मुस्ताङलाइ बहुअायामिक दृष्टिले हेर्न सकिन्छ । प्राकृतिक दृष्टिले अपूर्व मुस्ताङ साैन्दर्यले भरिपूर्ण एक हिमाली क्षेत्र भने पर्यटकीय दृष्टिले पनि एउटा अाकर्षणकाे गन्तव्य हाे । अनेकाैं चरणमा भएका पुरातात्विक उत्खनन् तथा अन्वेषणपछि याे एेतिहासिक मात्रै नभएर प्रागएेतिहासिक महत्व बाेकेकाे क्षेत्र भनेर प्रामाणित भएकाे छ ।

यहाँकाे वर्तमान जनजीवन, संस्कृति तथा संस्कारले प्राचीन तिब्बतकाे झल्काे दिन्छ । कुनै बेलाकाे विशाल तिब्बती राज्यअन्तर्गतकाे लाे क्षेत्र नै अहिलेकाे मुस्ताङ हाे । सन् १४४० मा तिब्बतबाट छुटाएर यसलाइ एक स्वतन्त्र राज्यकाे रूपमा स्थापना गरिएकाे थियाे । यसरी स्वतन्त्री राज्यकाे स्थापना गर्ने श्रय राजा अामेपाललाइ दिइन्छ । उनी लाे क्षेत्रकाे रेखदेख गर्नका लागि खटिएका सरदारका छाेरा थिए । स्वतन्त्र लाे राज्य स्थापना पछि मजबूद किल्लासहितकाे राजधानी बनाउनेलगायका काममा उनकाे याेगदान रहेकाे पाइन्छ । यस राज्यलाइ अनेक तवरले विकास गर्ने काममा पछिका उत्तराधिकारीहरूकाे पनि उत्तिकै महत्वपूर्ण भूमिका रहेकाे पाइन्छ ।

लाे राज्यकाे वासिन्दा लाेबा नामबाट चिनिन्छन् । इतिहासकै कुरा गर्नु पर्दा, पृथ्वीनारायण शाहकाे राज्य विस्तार अभियानका क्रममा उनका छाेरा बहादुर शाहकाे प्रयासमा लाे राज्य नेपालमा विधिवत् गाभिएकाे थियाे । लाेबा जनसमुदायका अलावा यहाँ थकाली तथा अन्य जातीय समुदायहरूकाे बसाेवास रहेकाे पाइन्छन् । यहाँका अधिकांश मानिस बौद्ध धर्मावलम्बी हुन् ।

याे प्रदेश नं ४ को उत्तरपट्टि अवस्थित हिमालपारिको जिल्ला हाे । धवलागिरि र निलगिरि दुई अग्ला हिमशिखरको बीचमा रहेको यो जिल्ला हिन्दू र बौद्ध तीर्थयात्रीको पावन भूमि हो ।

पवित्र कृष्ण गण्डकी प्रवाहित हुने यो जिल्ला प्रकृतिको अनुपम दृष्ययुक्त भएकाले पर्यटकका लागि मनमोहक र सुन्दर छ ।

तिब्बती संस्कृतिबाट प्रभावित यस क्षेत्रको उत्तरी भेग, पर्यटक र अनुसन्धानकर्ताका लागि अति नै महत्वपूर्ण आकर्षणको केन्द्रका रूपमा रहेको छ । यहाँ पाइने मुख्य वनस्पतिमा सल्लो, धुपी, बैँस, भोजपत्र, लालीगुराँस, काँडेदार बुट्यान, घाँस, भोटेपीपल रहेका छन् । उच्च पहाडी र दुर्गम हिमाली जिल्ला भएकाले यहाँको जनजीवन भिन्नै प्रकारको छ ।

सदरमुकामदेखि उत्तरतिर भोटे गुरुङ, विष्ट र ठकुरी जातिको बाहुल्य छ भने दक्षिणतिर थकाली समुदायको अतिरिक्त दलित तथा अन्य जातिको बसोवास पाइन्छ । उपल्लो मुस्ताङ नेपालको पर्यटनक्षेत्रका लागि अति महत्वपूर्ण छ ।

यहाँ पुग्नका लागि पोखराबाट जोमसोमसम्मको हवाई यात्रा उपलब्ध छ । पोखराबाट जिप चढेर पनि जान सकिन्छ । आजभाेलि सार्वजनिक यातायात पनि संचालनमा आएकाे छ । कतिपय पर्यटक पाेखराबाट म्याग्दीकाे बेनीसम्म माेटरबाट गएर त्यहाँदेखि पैदन जान्छन् वा जाेमसाेमबाट हिड्ने गरेकाे पनि पाइन्छ । मुस्ताङकाे उत्तर दिशामा लाेमन्थाङ गाउँकाे पनि भ्रमण गर्न सकिन्छ । लाेमन्थाङ लाे राज्यकाे राजधानी हाे र अाजभाेलि पनि उक्त राजदरवारकाे अवलाेकन गर्न सकिन्छ । मुस्ताङसम्म पुग्न ५–६ दिन लाग्ने गर्छ भने मथिल्लो मुस्ताङ पुगेर आउन भने कम्तीमा १०–१२ दिन लाग्ने गर्छ ।

Share this…
Share on Facebook
Facebook
Tweet about this on Twitter
Twitter
Share on LinkedIn
Linkedin
Email this to someone
email
गण्डकी प्रदेश

Post navigation

Previous Post: पाेखरा : प्रकृति र संस्कृतिकाे संगम
Next Post: लाङटाङ

Related Posts

झ्यम्पा गुम्बामा भविष्यकाे बुद्ध गण्डकी प्रदेश
नेपालमै छ तिब्बत पनि गण्डकी प्रदेश
पाेखरा : प्रकृति र संस्कृतिकाे संगम गण्डकी प्रदेश
भुजुङ : गुरुङ सभ्यता र संस्कृतिको रमाइलो गाउँ गण्डकी प्रदेश
गुफाभित्र गुम्बा, गुम्बाभित्र बाैद्ध अभ्यास गण्डकी प्रदेश
अन्नपूर्ण बेसक्याम्प गण्डकी प्रदेश

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • झाेरकाे झरना र झरी
  • गुफा डाँडामा उक्लिंदा
  • झरी, कविता र धरान-भेडेटार 
  • सुन्दरीजलभन्दा माथि माथि
  • जामाचो मेला, २०७९

(नियात्रा.कममा नियात्रा तथा कुनै ठाउँकाे परिचय वा पर्यटनसम्बन्धी लेखहरू niyatramail@gmail.com मा पठाउन सक्नुहुन्छ ।)

Copyright © 2023 नियात्रा.

Powered by PressBook Grid Blogs theme