नेपालको पर्यटकीय क्षेत्रमा चर्चित पोखरा उपत्यका तालैताल रहेकाे अर्थात् तालहरूकाे उपत्यका पनि भन्न सकिन्छ ।

नेपालको पर्यटकीय क्षेत्रमा चर्चित गन्तव्य हाे, पोखरा । पाेखरा उपत्यका तालैताल रहेकाे अर्थात् तालहरूकाे उपत्यका पनि भन्न सकिन्छ । फेवाताल र बेगनास ताल, रूपा ताल, खास्टेताल अादि यहाँका प्रसिद्ध र ठुला तालहरू हुन् । यसरी नै मैदी, दिपाङ, कमलपोखरीलगायत साना तालहरू पनि यहाँ अवस्थित छन् । तालमा नाैकाविहार (बाेटिङ) गर्न पाएर पर्यटकहरू अाैधी रमाउने गर्दछन् ।
पाेखरा उपत्यकाकाे प्रमुख नदी सेती हाे । उत्तरबाट बहँदै अाउने सेतीले यहाँका अन्य जलश्राेतहरूलाइ पनि समेटेर उपत्यकाबाहिर निस्किन्छन् । नेपालमा सबैभन्दा बढी पानी पर्ने ठाउँकाे रूपमा पनि पाेखरा नै परिचित छ । यसअनुसार यहाँ तालतलैयाहरू बढी हुनुमा अाश्चर्य मान्नु पर्दैन । माछापुच्छ्रे हिमालकाे छायाँ फाेवातालमा पाैडिन दृृष्य पर्यटकका लागि अपूर्व क्षण हुन्छ । त्यही फेवातालमा अाफूहरू नाैकाविहार गर्न पाउँछन् । फेवातालकाे बीच भागमा ताल वाराही मन्दिर रहेकाे छ । यही तालकाे पानी डेविड्स फल्सबाट विलुप्त हुन्छन् र कतिपय डेविड्स फल्समा पनि हेर्न जाने गर्दछन् । डेविड नामका एक पश्चिमा पर्यटककाे यहाँ खसेर मृत्यु भएकाे हुनाले उसैकाे नामबाट याे ठाउँकाे नाम रहेकाे हाे । यसअघि याे ठाउँ पातले छाङ्गाे नामबाट चिनिन्थ्याे ।
पाेखरामा विहान सूर्याेदय हेर्नका लागि पर्यटकहरू सराङकाेट पुग्दछन् । काेही त यसका लागि सराङकाेटमा नै वास बस्न जाने गर्दछन् । यहाँबाट सूर्याेदय मात्रै नभएर पाेखरा उपत्यकालाइ नै छर्लङ्ग देख्न पाइन्छन् । याे ठाउँ फेवातालकाे माथि उत्तर-पश्चिममा पर्दछ । फेवातालकाे माथि दक्षिण दिशाकाे डाँडामा रहेकाे विश्व शान्ति स्तुपलाइ पनि सराङकाेटबाट मज्जाले हेर्न पाइन्छ ।
पाेखरामा पुरानाे नेवार वस्ती पनि हेर्न पाइन्छ । पाेखरामा सुरूसुरूमा अाउने तथा बजार स्थापना गर्ने समुदाय नेवार नै हुन् । कास्कीका राजाले अाफ्नाे राज्यमा वाणिज्य व्यवसायकाे विकास गर्न तथा राज्यलाइ तत्कालीन कान्तिपुर, भक्तपुर तथा ललितपुरजस्तै गुलजार गर्न नेवार व्यापारीहरूलाइ अामन्त्रण गरेका थिए । नेवार समुदाय जहाँ जहाँ पुग्दछन् त्यहाँ व्यापार व्यवसाय गरेर धन सम्पत्ती मात्रै कमाउँदैनन् साे क्षेत्रमा कला, संस्कृतिकाे विकास गरेर अाकर्षणकाे थलाे पनि बनाउँछन् भन्ने कुराकाे दृृष्टान्ट पाेखरा पनि हाे । पुराना नेवार वस्तीहरूमा गणेश टाेल, भैरवटाेल, नदीपुरा अादि हुन् । यहाँ नेवार वास्तकलाका साथै मन्दिरहरूकाे निर्माण भएका छन् । त्यस्तै प्रसिद्ध मन्दि हाे, विन्ध्येवासिनी ।
पाेखरा अन्नपूर्ण पदमार्गकाे प्रस्थान विन्दू पनि हाे ।