नेपालमा अान्तरिक तथा वाह्य पर्यटकहरूमा अत्यन्तै चर्चित एक पर्यटकीय गन्तव्यकाे रूपमा साैराहा चर्चित छ । चितवन जिल्लामा अवस्थित एउटा सानाे गाउँ नै साैराहा हाे । चितवन राष्ट्रिय निकुञ्जको मध्य भागमा पर्ने यो क्षेत्रमा धेरै होटेल, लज, रिसोर्ट र रेस्टुरेन्ट छन् ।
साैराहामा पर्यटकहरू अाकर्षित हुनाका खास कारणा निकुञ्ज र सामुदायिक वनमा हात्ती र जिप सफारीका लागि हुन् । हात्तीका साथै यहाँ गैंडालगायतका अन्य जीवजन्तुहरू पनि देख्न पाइन्छन् ।
साैराहा प्राकृतिक तथा जीवजन्तुका लागि मात्रै नभएर स्थानिय थारू समुदायकाे जनजीवनलाइ नजिकबाट हेर्न पनि उपयुक्त थलाे हाे । यहाँ पुग्ने पर्यटकलाइ स्थानिय सांस्कृतिक झलक दिनका लागि हाेटेलहरू मिलेर विभिन्न थारू नाचगानकाे अायाेजना गर्ने गरेकाे पाइन्छ ।
सौराहा जानका लागि काठमाडांैबाट पर्यटकीय बस, अन्य बस, जिप आदि प्रयोग गर्न सकिन्छ भने भरतपुरसम्मको हवाई सेवा पनि प्रयोग गर्न सकिन्छ ।