विश्व पर्यटनमा पदयात्रा नेपालकाे अाफ्नै उत्पादन मानिन्छन् । पदयात्रामा अन्नपूर्ण बेसक्याम्प वा अन्नपूर्ण सर्किट विश्वभरका पदयात्रीहरूका लागि अाकर्षक गन्तव्य हुँदै अाइरहेकाे पाइन्छ । वास्तवमा विश्वमै चर्चा कमाएको हिमालै हिमालले घेरिएको सानो उपत्यका हो, अन्नपूर्ण बेसक्याम्प ।
एबिसीको नामले परिचित यो स्थानमा ट्रेकिङ जान सातदेखि ११ दिनसम्म लाग्ने गर्दछ । ढकमक्क फुलेका लालीगुराँसको बासना लिँदै अन्नपूर्ण बेस क्याम्प पुग्ने जो–कोही पनि मख्ख पर्ने गर्छन् ।