
गाैतम बुद्धकाे जन्मस्थल लुम्बिनी बाैद्ध धर्मावलम्बीका लागि एक महत्वपूर्ण तीर्थस्थल हाे । उनकाे जन्म इ.पू. ५६३ वैशाख पूर्णिमाकाे दिन यहाँ भएकाे थियाे भने अस्सी वर्षकाे उमेरमा कुशीनारामा महापरिनिर्वाणा भएकाे थियाे । महापरिनिर्वाणअघि अाफ्नाेसँग सम्बन्धित चार स्थल संवेजनीय हुने बताएका थिए । त्यसमा जन्मस्थलपनि एउटा थियाे । त्यसपछि बाैद्धहरू यहाँ अाएर ध्यान गर्ने तथा अाफ्नाे शास्ता (मार्ग निर्देशक) गाैतम बुद्धमा श्रद्धा व्यक्त गर्न थाले । यस रूपमा लुम्बिनीकाे विकास भएकाे थियाे भने हाल गैर बाैद्ध धर्मावलम्बीहरू यहाँ अाउन मन पराउने भएकाे छ । यस प्रकार लुम्बिनी एक पर्यटकीय स्थल पनि भएकाे छ ।

लुम्बिनीमा अवलाेकन गर्ने प्रमुख कुराहरूमा पहिलाे बुद्ध जन्मसंकेत गर्ने एउटा शिला हाे । मायादेवी मन्दिर पनि भनिने एउटा भवनभित्र सुरक्षित यरी यसलाइ राखिएकाे छ । भाैतिक दृष्टिले साधारण देखिने उक्त शिलाले बुद्ध यहाँ जन्मेका हुन् भनेर संकेत गर्दछ । बुद्धकाे बारेमा संकेत गर्ने उक्त शिला पुरातात्विक दृष्टिले अत्यन्त महत्व छ । माैर्य सम्राट अशाेक यहाँ अाउँदा नै याे शिला थियाे र यसले ठुलाे जानकारी दिने भएका कारण शिलाकाे सुरक्षाका लागि इँटाकाे प्रयाेग गरी चारैतिर पर्खाल लगाएका थिए । याे कुराकाे जानकारी अभिलेखमा समेत कुँद्न लगाएका थिए । यसैकाे वरिपरि विभिन्न समयमा अनेक निर्माण गतिविधि भयाे र ती सबै पुरातात्विक अवशेषाहरू मायादेवी मन्दिरभित्र सुरक्षित छन् र पुरातात्विक उत्खननपछि सबैले देख्न पाउने गरी प्रदर्शनीमा राखिएकाे छ । यही भवनभित्र शिशुलाइ जन्म दिइराखेकाे शिलामूर्ति पनि राखिएकाे छ । ज्यादै भग्न अवस्थामा पुगेकाे तर अत्यन्तै पुरानाे उक्त मूर्त बुद्ध जन्मसंकेत गर्ने शिलाभन्दा ठिक माथि राखिएकाे छ ।
यहाँ अवलाेकन गर्ने अर्काे कुरा हाे, अशाेक स्तम्भ । माैर्य सम्राट जहाँ पनि जान्थे, महत्वपूर्ण स्थलमा ढुंगाकाे स्तम्भ पनि गाड्न लगाउँथे । यही स्तम्भमा अशाेक लुम्बिनीमा किन अाए, कहिले अाए, अाएर केके गरे अादि कुराकाे जानकारी अभिलेखका रूपमा यहाँ कुँद्न लगाएकाे पाइन्छ । पछि यही अभिलेखकाे अाधारमा प्राचीन लुम्बिनी यही हाे भनेर पहिचान गर्न सकिएकाे हाे । पुरातात्विक महत्व भएका कारण लुम्बिनीमा यसले अत्यन्तै ठुलाे महत्व राख्दछ ।
यसरी नै मायादेवी मन्दिर तथा अशाेक स्तम्भकाे वरिपरि इँटा निर्मित थुप्रै संरचनाहरू देख्न पाइन्छ । ती कुनै स्तूपहरूकाे भग्नावशेष हुन् भने कुनै विहारहरूकाे भग्नावशेष हुन् । यसरी नै यहाँ एउटा ठुलाे पाेखरी पनि देख्न पाइन्छ । बुद्धलाइ जन्माउनुअघि मायादेवीले यही पाेखरीमा नुहाएकी थिइन् भन्ने वर्णन पाइन्छ । लुम्बिनी पुग्नेहरू यस क्षेत्रमा अवलाेकन गर्नुका साथै ध्यान गरेर बस्छन् । बुद्धले संवेजनीय स्थल भन्नुकाे तात्पर्य ध्यान लाग्ने स्थल भनेका हुन् ।
जन्मस्थल पुग्न जुन प्रवेशद्वारबाट भित्र पसेकाे हाे त्यहाँबाट उत्तर दिशामा अलि बाहिर निस्केपछि शान्तिदीप र लामाे पाेखरी देख्न पाइन्छ । याे पाेखरीकाे दायाँबायाँ ठुल्ठुला रूखहरू राेपिएका छन् । रूखभन्दा भित्र विभिन्न देशकाे प्रतिनिधित्व हुने गरी बाैद्ध विहारहरूकाे निर्माण गरिएकाे पाइन्छ । यी विहारहरू पनि दर्शनीय छन् । ती देशहरूकाे बाैद्ध इतिहास, संस्कृति, कला तथा अन्य जानकारी पाउन सकिन्छ । याे क्षेत्रभन्दा पनि उत्तर दिशामा नयाँ लुम्बिनी ग्राम विकास गर्ने याेजना रहेकाे छ । यसै क्षेत्रमा जापानकाे निप्पाेन जान म्याेहाेजीद्वारा निर्मित विश्वशान्ति स्तूप रहेकाे छ । लुम्बनी पुग्नेहरू यहाँ स्तूपकाे प्रदक्षिणा गरेर फर्कने गर्दछन् । खुल्ला ठाउँ, अाकर्षक सजावत र भव्य स्तूपकाे अवलाेकन गर्न पाएर पर्यटकहरू मुग्ध हुन्छन् ।
लुम्बिनीकाे एेतिहासिक तथा पुरातात्विक महत्व त छ नै, साथसाथै मानवीय मूल्यलाइ समेत ध्यानमा राखेर संयुक्त राष्ट्र संघकाे युनेस्काेले यसलाइ विश्व सम्पदा सूचीमा सूचीकृत गरेकाे छ ।