Skip to content
  • नियात्रा
  • गन्तब्य
  • विमर्श
  • कृति
  • समाचार
  • हाम्राे बारेमा

नियात्रा

Niyatra.com

  • नियात्रा
  • गन्तब्य
    • काेशी प्रदेश
    • मधेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विमर्श
  • कृति
  • समाचार
  • हाम्राे बारेमा
  • Toggle search form

नुवाकाेटः ऐतिहासिक र सांस्कृतिक थलाे

Posted on February 16, 2022March 11, 2022 By बसन्त महर्जन No Comments on नुवाकाेटः ऐतिहासिक र सांस्कृतिक थलाे
बसन्त महर्जन

काठमाडौंमा रहेका तर अन्यत्रको पर्यटनमा धेरै समय खर्चने असमर्थका लागि नुवाकोट एउटा उपयुक्त गन्तव्य हो । नुवाकोट काठमाडौंबाट पश्चिम–उत्तरतर्फ सीमाना जोडिएको एउटा ऐतिहासिक, साँस्कृतिक एवं प्राकृतिक सुन्दरताले परिपूर्ण जिल्ला हो । पृथ्वीनारायण शाहको विजयअभियान प्रारम्भ यहींबाट भएको प्रसंगलाई मात्र अघि सारेर प्रायशः नुवाकोटको चर्चा गरिएको पाइन्छ । नुवाकोटको ऐतिहासिकता यत्तिमै सीमित छैन । अुनश्रुतिअनुसार कुनै बेला एक ऋषिले तपश्या गरेका कारण ‘ऋषिपतन’ पनि भनिएको यो नुवाकोट डाँडा लिच्छविकालदेखि नै अस्तित्वमा रहेको देखिन्छ र त्यतिबेलादेखि नै निरन्तर रुपमा यसले ऐतिहासिक महत्व कायम राखेको पाइन्छ ।

काठमाडौंबाट त्रिशुलीसम्मको मोटर बाटो ७२ किलोमिट रहेको छ । नुवाकोटको पर्यटनमा प्रमुख आकर्षण भन्नु सात तले दरवार, त्यस वरिपरिका अन्य ऐतिहासिक वास्तुकलाका नमूनाहरु हुन् । यस स्थलसम्म पुग्न मुख्यतः दुई वटा बाटा प्रचलित छन् । त्रिशुलीबाट पूर्व उकालो लागि नुवाकोटको पुरानो वस्तीमा पुग्न सकिन्छ । यसरी नै सदुरमुकाम विदूरबाट ६ किलो मिटरको पैदल हिडेर पनि सम्पदास्थलमा पुग्न सकिन्छ । विदूरबाट माथिसम्म नै पुग्ने पक्की मोटरबाटो भएपनि जंगलको शितल छहारीको अनुभव गर्दै र वरिपरिका दृश्यहरुको अवलोकन गर्दै सम्पदास्थल पुग्न पनि सकिन्छ ।

नुवाकोटको पर्यटन सम्वन्धी प्रसंग चल्दा धेरैका मुखमा झुण्डिने नाम हो, साततले दरवार । आफू पनि कलाको पाखरी हुँ, काठमाडौं उपत्यकाको कलासम्पदाहरुसँग आत्मसात् गर्न आफू पनि सक्षम छु भन्ने देखाउन पाटनका कालिगढहरु लगाएर पृथ्वीनारायण शाहले विसं. १८१९ मा यो दरवारको निर्माण गराएका हुन् । वास्तवमा यो नेपाली वास्तुकलाको एउटा अनुपम नमूना नै भएको छ । काठमाडौं विजयअघि पृथ्वीनारायण शाह यसै राजप्रसादमा रहेका थिए भने युद्ध तथा राजकीय निर्णयहरु यहीं बाट हुन्थ्यो । राजप्रसादभित्र नै युद्ध बन्दीहरुलाई थुन्ने एउटा कोठाको पनि व्यवस्था गरिएको छ जसको सुरक्षाका लागि कडा पहरा दिइएको हुन्थ्यो । पछि धेरै समयसम्म पनि यो ग्रीष्मकालीन राजप्रसादका रुपमा प्रयोग भयो । तर हाल यो दरवार केही जीर्ण भएका कारण सुरक्षाका लागि सर्वसाधारणलाई भित्र पस्न दिइन्न ।

सात तले दरवारको पूर्व दक्षिणतर्फ पश्चिम मोहडा भएको रङ्गमहल अर्को आकर्षण हो । उपत्यकाका मल्ल राजाहरु यसै महलमा भेला भई मनोरञ्जन गर्ने गर्दथे । यसको संगै रहेको गारदघर पनि अर्को आकर्षण हो । प्रायः पाताल भइसकेको राजा रणबहादुर शाहको बैठक घरलाई २०१५ सालमा पुनः निर्माण गरिएको छ । यसरी नै धार्मिक तथा सामाजिक उद्देश्यले निर्मित विभिन्न पाटी तथा डबलीहरु वास्तुकलाका अन्य आकर्षण हुन् ।

नुवाकोट क्षेत्रमा प्रमुख धार्मिक स्थल भैरवी मन्दिर हो । यो मन्दिर सात तले दरवारबाट दुई सय मिटर जति दक्षिण र विदूरबाट जाँदा सुरुमा नै आउँछ । पीठको रुपमा रहेको धार्मिक स्थललाई पछि मन्दिरको रुप दिइएको हो । मल्लकालमा पटक पटक जीर्णौद्धार गरिएको यो मन्दिरलाई थप आकर्षण गर्नै काम मल्लकालपछि पनि हुँदै आएको पाइन्छ । यसरी नै अर्को आकर्षणको ठाउँ तलेजु मन्दिर, नाराय मन्दिर, महिषर्दिनी भगवतीको मन्दिर, भीमसेनको मन्दिर, बौद्ध चैत्यका भग्नावशेषहरु आदि हुन् ।
नुवाकोटको यात्रामा रहँदा काठमाडौं उपत्यकाका कला, सम्पदा, तथा जनजीवनबाट टाढिन्न । यस प्राचीन वस्ती क्षेत्रमा अधिकांश नेवार जाति कै बसोवास रहेको छ भने तिनीहरुको रहनसहन तथा अन्य दैनिक जीवनका गतिविधिहरु पनि नेवार सभ्यताको पहिचान दिने खालका नै हुन्छन् । यहाँ विभिन्न जात्रापर्वहरु पनि मनाइन्छ । यहाँका प्रमुख साँस्कृतिक पर्वहरुमा भैरवी जात्रा र सिन्दूर जात्रा हुन् । तान्त्रिक विधिले दैवी शक्ति मान्छेमा सारेर भैरवी जात्रा सम्पन्न गरिन्छ । यही खुशीयालीमा सिन्दूर जात्रा पनि गरिन्छ ।

प्रत्येक घोडेजात्राका दिन यहाँ नारायण जात्रा सम्पन्न गरिन्छ । यसरी नै गाईजात्रा पनि हर्षोल्लासका साथ मनाइन्छ । गाईजात्राको भोलिपल्ट सिपाई जात्रा, त्यसको एक महिनापछि देवीजात्रा, लाखेनाच, दशै, तिहारलगायत काठमाडौं उपत्यकामा सम्पन्न गरिने प्रायशः सांँस्कृतिक पर्वहरु मनाइन्छ ।

नुवाकोट क्षेत्रलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न पूर्वाधारहरु अहिले तयार गरिंर्दैछ । तर हाललाई वास बस्न त्रिशुली बजारमा झर्नु पर्दछ अथवा विदूर वा बट्टार बजारमा पनि बस्न आउन सकिन्छ ।

Share this…
Share on Facebook
Facebook
Tweet about this on Twitter
Twitter
Share on LinkedIn
Linkedin
Email this to someone
email
वागमती प्रदेश

Post navigation

Previous Post: कीर्तिपुरकाे प्राचीनता
Next Post: हाम्राे बारेमा

Related Posts

ल्हासापाको महामञ्जुश्री गुफा वागमती प्रदेश
खास्ति महाचैत्य (झ्यारुङ्खास्योर वा बौद्ध) वागमती प्रदेश
हेलम्बु वागमती प्रदेश
सैलुङमा घुमघाम वागमती प्रदेश
थारू संस्कृतिलाई प्रवर्द्धन गर्दै पटिहानी वागमती प्रदेश
स्वयम्भू महाचैत्य – अादि बुद्धकाे नाममा वागमती प्रदेश

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • झाेरकाे झरना र झरी
  • गुफा डाँडामा उक्लिंदा
  • झरी, कविता र धरान-भेडेटार 
  • सुन्दरीजलभन्दा माथि माथि
  • जामाचो मेला, २०७९

(नियात्रा.कममा नियात्रा तथा कुनै ठाउँकाे परिचय वा पर्यटनसम्बन्धी लेखहरू niyatramail@gmail.com मा पठाउन सक्नुहुन्छ ।)

Copyright © 2023 नियात्रा.

Powered by PressBook Grid Blogs theme