कीर्तिपुर पनि एक पर्यटकीय गन्तव्य हाे । समय समयमा मनाइने जात्रा पर्वले कीर्तिपुर जीवन्त र भव्य छ ।

राजधानी काठमाडाैंकाे दक्षिण-पश्चिम भेककाे एउटा ऐतिहासिक तथा सांस्कृतिक नगर हाे, कीर्तिपुर । काठमाडाैं उपत्यका पहिले जलमग्न रहेकाे कथन पाैराणिक साहित्यमा मात्रै वर्णन नभएर भूगर्भ विज्ञानकाे अध्ययनले पनि पुष्टी गरिसकेकाे कुरा हाे । जलमग्न अवस्थामा यहाँका सबै जमिन पानीले छाेपिएकाे नभएर केही थुम्काहरू तथा वरिपरिका भूभागमा मानव बसाेवास हुन्थ्याे । उनीहरूकाे सम्पर्क अन्य क्षेत्रकाे मानव समुदायसँग पनि हुन्थ्याे । यसअनुसारकाे एउटा मानव वस्ती हाे- कीर्तिपुर । तसर्थ , ईतिहास र सभ्यताकाे दृष्टिले कीर्तिपुर विशेष हुनाका अनेक कारणमा याे पनि एउटा हाे ।
गाेपालराज वंशावलीमा प्रसिद्ध पशुपतिनाथ मन्दिरस्थित शिबलिङ्गकाे उत्पत्तिका सम्बन्धमा एउटा कथा पढ्न पाइन्छ । एक गाई दिनहुँ दुध चढाउन हाल पशुपतिनाथ मन्दिर रहेकाे ठाउँमा जाने रहेछ । याे कुरा ग्वालालाई थाहा थिएन । गाईले दूध नदिएकाेमा ग्वाला चिन्तित थिए । एक दिन गाईकाे चियाे गर्दै जाने क्रममा यथार्थ कुरा थाहा भयाे । जमिनमा के रहेछ भनी खनेर हेर्दा ज्याेति उत्पत्ति भयाे र ती ग्वाला त्यहीँ भष्म हुन पुगे । तर समाजले उनै ग्वालाका छाेरालाइ राजा बनाई राज्य व्यवस्था चलाएकाे कुरा वंशावलीमा परेकाे छ । उक्त वंशावलीअनुसार ती गाई कीर्तिपुर भेकमा पालिएका थिए । कीर्तिपुरमा आजभाेलि पनि ग्वाला समुदायकाे अस्तित्व बुझाउने कतिपय कुराहरू पनि देख्न पाइन्छ । कीर्तिपुरमा ग्वालाहरूकाे बसाेवास खाली गर्नु हुँदैन भन्ने मान्यता छ । साधारणतः स्थानिय भाषामा ग्वाः भनिने याे समुदायलाई ग्वाला पनि भनिन्छ र यसैलाइ गाेपालवंश पनि भन्ने गरिन्छ ।
कीर्तिपुरमा शिव र मातृकाका लिच्छविकालिन मूर्तिहरू पाइन्छ । लिच्छविकालिन बाैद्ध चैत्य पनि पाइएकाे छ । यसअनुसार कीर्तिपुरमा हिन्दू र बाैद्ध दुबै धर्मकाे अभ्यास प्राचीनकालदेखि नै हुन्थ्याे भन्ने पुष्टि भयाे । मध्यकालमा कीर्तिपुरकाे व्यवस्थित विकास राजा शिवदेव (तृतीय)काे राज्यकालमा भएकाे थियाे । आधुनिक नेपालकाे निर्माणअघि कीर्तिपुरलगायतका कतिपय भूक्षेत्र पाटन राज्यअन्तर्गत पर्दथ्याे । राजा पृथ्वीनारायण शाहले कीर्तिपुरमा तीन पटक ठुल्ठुला आक्रमण गरेर पछिल्लाे पटक मात्रै विजय हासिल गरेका थिए ।
कीर्तिपुर मुख्यतः नेवार समुदायकाे वाहुल्य रहेकाे वस्ती हाे । यहाँका नेवारहरू हिन्दू र बाैद्ध दुइ धर्ममा आस्था राख्ने गरेअनुसार धार्मिक सम्पदाहरू पनि बाैद्ध र हिन्दू नै छन् । एउटा डाडाँमा अवस्थित कीर्तिपुरकाे उच्च थलाेमा निर्मित उमामहेश्वर मन्दिरलाइ कीर्तिपुरबाहिरबाट पनि देख्न पाइन्छ । त्यस्तै मध्यभागमा बाघभैरव मन्दिर र पूर्वी क्षेत्रमा जगतपाल महाविहार प्रसिद्ध र भव्य बाैद्ध स्मारक हाे । यसलाइ चिलंच्व बहाल पनि भनिन्छ । यी बाहेक यहाँ अनेकाैं धार्मिक तथा सांस्कृतिक सम्पदाहरूकाे अवलाेकन गर्न सकिन्छ । देशकाे पहिलाे त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा नै पदर्छ।
कीर्तिपुर पनि एक पर्यटकीय गन्तव्य हाे । समय समयमा मनाइने जात्रा पर्वले कीर्तिपुर जीवन्त र भव्य छ ।