Skip to content
  • नियात्रा
  • गन्तब्य
  • विमर्श
  • कृति
  • समाचार
  • हाम्राे बारेमा

नियात्रा

Niyatra.com

  • नियात्रा
  • गन्तब्य
    • काेशी प्रदेश
    • मधेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विमर्श
  • कृति
  • समाचार
  • हाम्राे बारेमा
  • Toggle search form

कैलाश पर्वतको सन्तानेश्वर महादेव

Posted on January 14, 2023May 22, 2023 By बसन्त महर्जन No Comments on कैलाश पर्वतको सन्तानेश्वर महादेव
बसन्त महर्जन

ललितपुरको धापाखेलस्थित नागदहबाट सीधा पूर्व फर्कंदा तीन वटा डोको घोप्ट्याइ राखेकाजस्ता वन जंगलले ढाकिएका थुम्काहरु लहरै उभिएको देख्न पाइन्छ । यी थुम्काहरु गोदावरी नगरपालिकाको वडा नं १३ अन्तर्गत झरुवाराशीमा पर्दछ । तीन थुम्कामध्ये पूर्वतर्फको करीव १ हजार ५ सय सात मिटर उचाइको थुम्कालाई कैलाश पर्वत पनि भनिन्छ र यहाँ सन्तानेश्वर मन्दिर रहेको छ ।

अहिले सन्तानेश्वर मन्दिर भनिए पनि यो पुरानै नाम भने होइन । स्थानिय नेवार समुदाय यो ठाउँलाई हाछिंगल भन्छन् भने देवललाई ‘हाछिंगल महाद्यः’ भन्दथे । तर हिजोआज स्थानिय नाम परिवर्तन गरेर सन्तानेश्वर महादेव राखिएको छ ।

सुरुमा यो सानो देवस्थल मात्रै थियो तर पछि विकास हुने क्रममा आजभोलि सन्तानेश्वर महादेव मन्दिरको निर्माण गरिएको छ र भव्य पनि देखिन्छ । पुरानो सानो वास्तु संरचनालाई छोपेर भनुँ वा बीचमा राखेर ठूलो मन्दिर बनाइएको हो । पुरानो संरचनालाई भित्र देख्न पाइन्छ ।

काठमाडौं उपत्यकाका ६४ शिवलिंगमा यस स्थानको शिवलिंग पनि गणना हुन्छ । यस्तो भन्नुको तात्पर्य विशेष महत्वको हुनु हो । यहाँ रहेको शिवलिंग अन्यजस्तो मानव निर्मित नभएर प्राकृतिक अवस्थाको हो । यसलाई कलाको निर्माण हुनुअघि नै थापना गरेको पनि मान्न सकिन्छ ।

पहिला यहाँ सानो मन्दिर मात्रै भएको होइन, यहाँ टुप्पोसम्म पुग्ने गतिलो बाटो पनि थिएन । बाटोको अभावमा भक्तजनहरु चार हात खुट्टा टेकेर माथि पुग्नु पर्दथ्यो । तर अहिले ढुंगा ओछ्याएर दुई तर्फबाट सिंढी बनाइएको छ । ३ सय ६६ वटा ढुंगा नापेपछि मन्दिर परिसर पुगिन्छ ।

मन्दिर क्षेत्र एक प्रकारले टावरजस्तै भएको छ । यहाँबाट काठमाडौं, भक्तपुर र ललितपुरको दृष्यावलोकन मज्जाले गर्न सकिन्छ । यहाँ ललितपुरको धापाखेल, चापागाउँ, थैब, बाँडेगाउँ, तौख्यः र गोदावरीबाट पुग्न सकिन्छ । लगनखेलबाट झरुवाराशीसम्म सार्वजनिक यातायात संचालन छ । यहाँसम्मको दुरी काठमाडौंबाट १२ किलोमिटर र पाटनबाट ६ किलोमिटर रहेको छ ।

(लेखक महर्जनका बारेमा थप जानकारीका लागि basantamaharjan.com.np)

Share this…
Share on Facebook
Facebook
Tweet about this on Twitter
Twitter
Share on LinkedIn
Linkedin
Email this to someone
email
वागमती प्रदेश

Post navigation

Previous Post: चित्लाङ
Next Post: छिन छिनमा रूप फेर्ने सुन्दर खास्टेमा सिङ्गै एक दिन

Related Posts

सौराहा वागमती प्रदेश
स्वयम्भू महाचैत्य – अादि बुद्धकाे नाममा वागमती प्रदेश
ल्हासापाको महामञ्जुश्री गुफा वागमती प्रदेश
हेलम्बु वागमती प्रदेश
कीर्तिपुरकाे प्राचीनता वागमती प्रदेश
चित्लाङ वागमती प्रदेश

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • झाेरकाे झरना र झरी
  • गुफा डाँडामा उक्लिंदा
  • झरी, कविता र धरान-भेडेटार 
  • सुन्दरीजलभन्दा माथि माथि
  • जामाचो मेला, २०७९

(नियात्रा.कममा नियात्रा तथा कुनै ठाउँकाे परिचय वा पर्यटनसम्बन्धी लेखहरू niyatramail@gmail.com मा पठाउन सक्नुहुन्छ ।)

Copyright © 2023 नियात्रा.

Powered by PressBook Grid Blogs theme