मध्यकालमा राजा नागराजद्वारा स्थापित खश साम्राज्यकाे पहिलाे राजधानी जुम्लाकाे सिंजा उपत्यका थियाे भने दाेस्राे राजधानी दुल्लू थियाे । हिजाेअाज दुल्लू दैलेख जिल्लामा पर्दछ । विशाल खश साम्राज्यका शासकहरू मात्रै नभएर बहुसंख्यक जनता पनि बाैद्ध धर्मावलम्बी थिए र विभिन्न धार्मिक गतिविधि भइरहन्थ्याे । एतिहासिक स्राेतहरूमा त्यति बेला हिन्दू धर्मावलम्वीहरूकाे अस्तित्व पनि देखिन्छ भने हिन्दू गतिविधिमा गद्दीनशीन राजा सहभागी रहेकाे पाइन्छ ।
हिजाेअाज यस क्षेत्रमा यी एतिहासिक तथा पुरातात्विक सम्पदाहरूकाे उचित रेखदेख भएकाे पाइँदैन । हिन्दू तथा बाैद्ध धर्मसँग सम्बन्ध राख्ने ती सम्पदाहरूकाे उचित रेखदेख तथा अध्ययन अनुसन्धानकाे विषय बनाउने हाे भने कतिपय इतिहासले नयाँ प्रकाश पार्ने हुन्छ भने ती पर्यटकीय अाकर्षणका विषय पनि हुने कुरामा दुइमत छैन । (तस्वीर / लेखः बसन्त महर्जन)








